काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।
जेनजी समूहको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि आज आन्दोलन थप चर्किएको छ ।
केहीबेरअघि ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।
जेनजी समूहको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको छ साथै सयौँ घाइते भएका छन् । चौतर्फी आलोचना भएपछि ओलीले राजीनामा बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया