काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाबारे कुनै कुरा नउठेको बुझिएको छ ।
जेनजी समूहले गरेको विरोध प्रदर्शनका क्रममा गृहमन्त्रीको ठूलो चुक रहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यसैबिच कांग्रेसले त्यसबारे छलफल गर्न आज पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको थियो । बैठकमा गृहमन्त्री लेखक समेत सहभागि रहेको तर राजीनामाको कुरा नउठेको कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले लोकपथलाई जानकारी दिए । साथै गृहमन्त्री लेखक पार्टी बैठकपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकमा सहभागि हुन त्यसतर्फ लागेको समेत बताए ।
‘कांग्रेसको बैठकमा यो कुरा भएको छैन । पार्टी बैठकपछि उहाँ क्याबिनेट जानुभएको छ । कांग्रेस बैठकमा राजीनामा मागिएको वा दिने कुरा केही भएको छैन । उता क्याबिनेटमै सो कुरा उठाउनु भए थाहा छैन,’ भानु देउवाले लोकपथलाई जानकारी दिए ।
जेनजी समूहले विभिन्न माग राखी आज काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । सो क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया