काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार हालसम्म ११ जनाको मृत्यु भएको हो ।
प्रदर्शनमा घाइते भएकामध्ये केहीका अवस्था गम्भीर रहेको बताइएको छ ।
स्रोतका अनुसार प्रदर्शनमा घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा ५ जना, एभरेस्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा २ जना र केएमसी अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
त्यसै गरी प्रदर्शनमा घाइते भई उपचारका लागि पाटन अस्पताल लगिएका दुई जनाको अवस्था गम्भीर रहेको पाइएको छ ।
मृत्यु हुनेहरुको पहिचान खुलिसकेको छैन ।

प्रदर्शनमा ७० जनाभन्दा बढी घाइते भएका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको भए पनि प्रदर्शनकारीले उक्त क्षेत्र छाडेका छैनन् । उक्त क्षेत्रमा अहिले सेना परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया