काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनको क्रममा गोली लागेर घाइते भएका एक जनाको यसअघि नै मृत्यु भएको थियो । उनी अन्दाजी ४५ वर्षका पुरुष रहेको बताइएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
प्रदर्शनमा गोली लागेर घाइते भएका अन्दाजी २१ वर्षका युवाको पनि उपचारको क्रममा मृत्यु भएको अपुष्ट जानकारी आएको छ । सिभिल अस्पतालको इमरजेन्सीमा उपचारकै क्रममा ती युवाको समेत मृत्यु भएको हो ।
प्रदर्शनमा ७० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया