स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवार कदम चालोस् : प्रचण्ड

लोकपथ
1.8k
Shares
फाइल तस्बिर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिति थप बिग्रन नदिन जिम्मेवारीपूर्वक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । सोमबार एक वक्तव्य जारी गर्दै प्रचण्डले सरकारबाट ठोस कदम चाल्न आग्रह गरेका हुन् ।

सोमबार जेन-जी आन्दोलनमा क्रममा एक प्रदर्शनकारीको मृत्यु र संसद् भवनमा समेत आगजनी सुरु भएपछि प्रचण्डले स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चाल्न आग्रह गरेका हुन् ।

प्रचण्डले जेन–जी पुस्ताले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न पनि आग्रह गरेका छन् ।

प्रचण्डले भनेका छन्,
‘आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस् । स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस् ।’

सोमबार जेन–जी प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको तथा ७० भन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनमा घुसपैठ भएको जेन–जी समूहले आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?