जेन-जीले भन्यो : ‘आन्दोलनमा घुसपैठ भयो, सबै जना घर फर्किनु होला’

लोकपथ
6k
Shares

काठमाडौं । जेन-जीको प्रदर्शन अशान्तपूर्ण बनेपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ । जेन-जी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो ।

‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस्,’ जनजीले भनेको छ । 

यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको पेजमा यो कुरा लेखिएको छ । यद्यपि, यो विषयमा पुष्टि हुन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?