पोखरा । एभरेष्ट महिला भलिबल लिगमा काठमाडौं स्पाईकर्सले पहिलो जित हात पारेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेस युनाइटेडलाई ३–१ सेटले पराजित गर्यो ।
काठमाडौंले पहिलो सेट २६–२४ ले जितेको थियो भने दोस्रो सेट २३–२५ ले मधेसलाई सुम्पिएको थियो । तर तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले क्रमशः २५–२३ र २५–१९ ले विजय दर्ता गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
यसअघि काठमाडौं र मधेस दुवै टोली पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएका थिए । मधेसले भने दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।
आजै हुने दोस्रो खेलमा पोखरा निन्जाज र लुम्बिनी लाभाज आमनेसामने हुनेछन् । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी यो लिग भदौ २८ गतेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया