नेपाल र बङ्गलादेशबिच हुने खेलको तयारी पूरा

लोकपथ
721
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबिच हुने दुई मैत्रीपूर्ण खेलका लागि सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिँदै भने कि भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साझ ५ः३० बजेबाट यी खेल हुनेछन् ।

बङ्गलादेश टोली नेपाल भदौ १८ मा प्रवेश गरिसकेको छ । अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासल रङ्गशालामा मैदानको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकार एडी रिलिज प्राइभेट लिमिटेडलाई प्रदान गरिएको छ । टिकट दर तय गर्दा भिआइपी प्याराफिटर्फ  १,००० र साधारण प्याराफिटर्फ ५०० राखिएको छ ।

दुवै खेलको समग्र विजेतालाई ट्रफी र पदक प्रदान गरिनेछ । यदि दुवै खेलबाट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब रु १ करोड २७ लाख ५८ हजार १६८ खर्च लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?