दूध किसानको आन्दोलन रोकियो, सरकारसँग भुक्तानीसम्बन्धी सहमति

लोकपथ
357
Shares

काठमाडौं । दूध किसानहरूले सुरु गरेको आन्दोलन बुधबारबाट रोकिएको छ । आन्दोलनरत संघसंस्था र सरकारबीच भएको छलफलमा कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो ।

केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ महासंघ र नेपाल डेरी एसोसिएसनले बाँकी भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बुधबार भएको वार्तामा दुग्ध उत्पादक कृषकलाई बाँकी रकम चरणबद्ध रूपमा भुक्तानी गर्ने सहमति भएको हो ।

सहमति अनुसार २०८२ असार मसान्तसम्मको बक्यौता रकम २०८२ आश्विन ५ गतेभित्र, साउन मसान्तसम्मको रकम २०८२ आश्विन ३० गतेभित्र र भदौ मसान्तसम्मको रकम कात्तिक मसान्तभित्र भुक्तानी गरिनेछ ।

यसबाहेक हाल सहकारी संस्था–सङ्घमार्फत संकलन भइरहेको दूधको परिमाण नघटाई निरन्तर खरिद गर्ने र सरकारले तोकेको न्यूनतम मूल्यमा देशभरका उद्योगहरूले दूध खरिद गर्ने व्यवस्था मिलाउने सहमति पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?