रुकुम । जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा आइतबार बिहान पहिरोले पुरिँदा एक महिलाको ज्यान गएको छ ।
भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोमा पुरिँदा घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए ।
उनका अनुसार मल्लसँगै लगेका भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् । हिमकुमारी घर फर्कन ढिला भएपछि परिवारले खोजी गर्दा पहिरोमा पुरिएको अवस्थामा शव फेला परेको वडाध्यक्ष चन्दले बताए ।
मृतकको शव प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया