रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित

लोकपथ
2.7k
Shares

काठमाडौं । कप्तान रोहित पौडेलको अविजित शतकको योगदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार एक दिवसीय अभ्यास खेलमा साउथ अस्ट्रेलिया (एसए) लाई ८ विकेटले हराएको छ।

साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो । कप्तान रोहित पौडेलले १०१ रन अविजित बनाएका थिए भने सोमपाल कामीले ४० रनमा अविजित रहे। रोहित र सोमपालले १६१ रनमा अर्धशतकीय साझेदारी गर्दै खेलको नतिजा नेपालतर्फ झारे ।

पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा सबै विकेट गुमाएको थियो । उनीहरूमध्ये ह्यारी मानेन्तीले ६३ र दुवित हूगानबोजमले ५३ रन बनाए ।

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३–३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १–१ विकेट लिए ।

यसअघि टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं स्थानमा रहँदा, अभ्यास टी–२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?