काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियाविरुद्धको वान डे अभ्यास खेलमा २४३ रनको लक्ष्य पाएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको साउथ अस्ट्रेलिया ४५ ओभरमा २४२ रनमा अलआउट भएको हो । उसका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन योगदान दिए । त्यस्तै, दुवित हूगानबोजमले ५३, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन जोडे ।
बलिङतर्फ नेपालका नन्दन यादव र सोमपाल कामीले समान ३–३ विकेट लिए । सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक–एक विकेट हात पारे ।
अब नेपालले जित हासिल गर्न २४३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया