काठमाडौं । भारतको गुवाहाटीमा जारी टी–२० श्रृंखलामा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसन टिमलाई ९६ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा आसाम १५.२ ओभरमै ७७ रनमा अलआउट हुँदै पराजित भयो ।
नेपालका स्पिनर युवराज खत्रीले धारिलो बलिङ प्रदर्शन गर्दै ३.२ ओभरमा १५ रन खर्चिएर ४ विकेट झारे । उनको घातक बलिङमै आसामको इन्ङ्सि ढलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया