नेपाल राष्ट्र बैंकद्वारा सहुलियतपूर्ण कर्जा विवरण सार्वजनिक गर्न निर्देशन

लोकपथ
567
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै यस्तो आदेश जारी गरिएको हो ।

नयाँ निर्देशन अनुसार, ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रवाह भएका कर्जामा नेपाल सरकारबाट प्रदान गरिएको ब्याज अनुदान रकम राष्ट्र बैंकले उपलब्ध गराउनेछ। यस अन्तर्गत कर्जा प्रवाह गरी नेपाल सरकारबाट प्राप्त हुनुपर्ने ब्याज अनुदानको रकमलाई पुँजीकोष अनुपात गणना प्रयोजनका लागि शून्य प्रतिशत जोखिम भारको रूपमा मानिने व्यवस्था रहेको छ ।

संशोधित निर्देशनमा बैंक तथा वित्तीय संस्थाले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ बमोजिम हाल कायम रहेका ऋणी र ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम सहुलियतपूर्ण कर्जा प्राप्त गरेका ऋणीको विवरण छुट्टाछुट्टै आफ्नो वेबसाइटमार्फत त्रैमासिक रूपमा सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।

राष्ट्र बैंकको यो कदम पारदर्शिता र कर्जा व्यवस्थापन सुधार्ने उद्देश्यले भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?