साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

लोकपथ
259
Shares

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यू-१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अंकका साथ पहिलो स्थानमा छ भने तीन अंकका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । 

खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ । उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?