दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग पराजित

लोकपथ
854
Shares

काठमाडौं । नेपाली क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि साउथ अस्ट्रेलियासँग पराजित भएको छ । 

बिहीबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले १५७ रन मात्र बनाउन सक्यो र ३ रनले हार ब्यहोरेको हो ।

नेपालका लागि रुपेश सिंहले १९ बलमा ३७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । लोकेश बमले २६ बलमा ३२ रन जोडे । साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो । बलिङमा नेपालका रुपेश सिंह र करण केसीले समान २–२ विकेट लिए ।

यसअघि आजै भएको पहिलो अभ्यास खेलमा पनि नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?