काठमाडौं । रौतहटकी रुबी साहको हत्यामा संलग्न रहेका लक्ष्मण पासवानको पनि मृत्यु भएको छ ।
शनिबार रुबीको हत्यापछि फरार पासवानले बुधबार आफैँ आत्मदाहको प्रयास गरेका थिए । उनलाई रौतहटबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
पासवानले बुधबार बिहान एक भिडियो सार्वजनिक गर्दै आफू जलेर मर्ने बताएका थिए । सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक भएको केही समयमा नै उनी आत्मदाहको प्रयास गरेको अवस्थामा फेला परेका थिए । उनले उक्त भिडियोमा रुबीसँगको सम्बन्धबारे खु्लाउँदै आफू पनि बाँच्न नचाहेको खुलाएका थिए ।
यो पनि…
सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी आत्मदाह गर्दै गरेको अवस्थामा पक्राउ
रौतहटमा सुटकेसभित्र महिलाको शव फेला
रौतहटमा सुटकेसभित्र भेटिएको शव रुवी कुमारी साहको, शव भेटिएपछि आयो हराएको सूचना
रुबीको हत्या गरेका लक्ष्मण पासवान : घटना स्वीकारे तर परिवारमाथि आरोप नै आरोप
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया