जलाशययुक्त जलविद्युत आयोजना प्राथमिकतामा राख्नुपर्छ : वर्षमान पुन

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा २० वर्षदेखि एउटै नीति रहेको बताए । उनले जसको परिणाम आज नेपाल लोडसेडिङ मुक्त भएको बताए । साथै नेपालले छिमेकमा निर्यात गर्दै आइरहेको भन्दै नेपाल अब विद्युत्मा आत्मनिर्भर बनेको दाबी गरे ।

नेपालमा नदी प्रवाहित आयोजनाहरु बढी रहेको उल्लेख गर्दै जलाशययुक्त आयोजनामा जानुपर्ने आवश्यकता रहेको पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?