नक्कली सुनलाई सक्कली भनेर ठगेपछि…

लोकपथ
539
Shares
सांकेतिक फाइल तस्बिर


काठमाडौं ।
प्रहरीले नक्कली सुनलाई सक्कली भनेर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको सोलुखुम्बु दुधकुण्ड नगरपालिका–९ टाक्सिण्डोका ३३ वर्षीय लाक्पा शेर्पा रहेका छन् ।

गत भदौ ६ गते दिउँसो २ः५५ बजेको समयमा काठमाडौंको गोँगबुस्थित क्वालिटी क्याफेभित्र अवैध सुनको खरिद भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोली खटिएको थियो । सो क्रममा प्रहरीले लाक्पालाई एक केजी सुनसहित कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । प्रहरीले बरामद गरिएको उक्त सुनलाई परीक्षण गर्दा नक्कली प्रमाणित भएको समेत बताएको छ । साथै लाक्पाले सुन जस्तो देखिने पहेँलो धातुलाई सुन भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने गरेको खुल्न आएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले जानकारी दिए ।

उनको साथबाट PMPA SUISSE 1 KILLO FINE GOLD 999.9 P548936 लेखिएको धातु एक केजी बरामद गरेको थियो ।

प्रवक्ता जिसीका अनुसार लाक्पालाई आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?