काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत शुक्रबार भएको खेलमा पाकिस्तान शाहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४४ रन जोड्यो ।
नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारे । यस्तै नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिएका छन् ।
नेपालले अब जित हासिल गर्न १४५ रनको लक्ष्य पछ्याउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया