२०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी ६५१ जनाको मृत्यु

लोकपथ
315
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ असारसम्म माइन र विष्फोटन घटनामा परी प्रहरीसहित ६ सय ५१ जनाले ज्यान गुमाएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले सो अवधि अवधिभर २ हजार ८ सय ९९ जना घाइते भएको जानकारी दिए ।

उनका अनुसार द्वन्द्वकालीन घटनामा मारिएका व्यक्तिका हकदारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ । त्यस्तै घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति, टुहुरा बालबालिकालाई १८ वर्षसम्म मासिक ५ हजार रुपैयाँ र घाइते अपाङ्गहरुलाई प्रतिशतका आधारमा मासिक जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत वितरण हुँदै आएको छ ।

मन्त्री लेखकले भने, ‘नेपाल प्रहरीको तथ्यांकअनुसार २०५२ सालदेखि २०८२ असारसम्म ६५१ जनाको मृत्यु र २ हजार ८९९ जना घाइते भएका छन् । मृतकका परिवारलाई राहत, शहीद सन्तानलाई छात्रवृत्ति, टुहुरालाई मासिक भत्ता र घाइते अपाङ्गहरुलाई जीवन निर्वाह भत्ता उपलब्ध गराइँदै आएको छ ।’

उनले थपे, ‘परिपूरण, उपचार खर्च, राहत तथा आर्थिक सहायता सम्बन्धी मापदण्ड, २०७९ बमोजिम नेपाल सरकारले आवश्यक निर्णय गर्दै आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?