नेपाल  र पाकिस्तान शाहिन्सबीचको खेल सुरु, दोस्रो ओभरमै पाकिस्तानको २ विकेट गयो

लोकपथ
651
Shares

काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृंखलाअन्तर्गत नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल सुरु भएको छ । पाकिस्तान शाहिन्सका कप्तान इरफान खानले टस जित्दै नेपाललाई पहिलो बलिङको निम्तो दिए । 

यो समाचार लेख्दासम्म नेपालले २ विकेट लिइसकेको छ । खेलेका दोस्रो ओभरमै दीपेन्द्रसिंह ऐरीले विकेट लिएका हुन् ।

डार्बिनको मरारा क्रिकेट मैदानमा खेल हुँदैछ । जारी शृंखलामा यसअघि नेपालले खेलका पाँच खेलमा तीनमा हार र दुईमा जित दर्ता गरेको छ । 

नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपाले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको हराएको थियो । 

कुल ११ टोली सहभागी प्रतियोगितामा ६ लिग खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।  नेपाल हाल पाँच खेलमा चार अंकका साथ सातौँ स्थानमा छ । पाकिस्तान समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?