काठमाडौं । विद्यालय शिक्षा विधेयक समितिबाट पारित भएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गरेको हो ।
विधेयकको प्रमुख विषयमा लामो समयदेखि छलफल भए पनि समिति बैठकले अन्ततः प्रस्तावित व्यवस्थालाई अनुमोदन गरेको जनाएको छ ।
त्यसो त विधेयकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित ३ दलले असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले फरक मत राखे पनि सत्तापक्षले संख्यात्मक तागतका आधारमा उक्त विधेयक पारित गरेको हो ।
माओवादी केन्द्रका सांसदहरु देवेन्द्र पौडेल, रेखा शर्मा, महिन्द्र राय यादव र ज्ञानु बस्नेत सुवेदीले यस विधेयकको केही प्रावधानमा असहमति जनाउँदै फरक मत राखेका थिए ।
उनीहरुले सार्वजनिक पदाधिकारीहरूले आफ्ना सन्तान सरकारी विद्यालयमा पढाउनुपर्ने व्यवस्था र अन्य प्रावधानबारे आपत्ति जनाएका हुन् ।
समितिबाट विधेयक पारित भए पनि प्रतिनिधि सभाको पूर्ण बैठकमा अनुमोदनका लागि पेस हुन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया