नेपालले मेर्लबर्नलाई दियो १४० रनको सामान्य लक्ष्य

लोकपथ
315
Shares

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आफ्नो पाँचौँ म्याचमा मेलबर्न रिनेगेट्स एकेडेमीसँग १४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो इनिङमा ९ विकेट गुमाएर १३९ रन जोड्यो ।

आजको खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई बेन्चमा राखेर उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई कप्तानी सुम्पिएको थियो । रोहितको अनुपस्थितिले मध्यक्रममा नेपाललाई केही दबाब परेको देखियो ।

ओपनिङमा कुशल भुर्तेल र भीम सार्कीलाई पठाइएको थियो। तर, ६ बलमा १ रन बनाएका भुर्तेल छिट्टै आउट भए । तेस्रो नम्बरमा आएका आरिफ शेखसँग भीमले छोटो तर आक्रमक साझेदारी गरे । भीम १२ बलमा १७ रन बनाउँदै आउट भए भने आरिफ ७ बलमा १२ रन बनाए। ३२ रनमा तीन विकेट गुमाएपछि नेपाल दबाबमा पर्‍यो ।

त्यसपछि कुशल मल्ल र कप्तान ऐरीबिच ५० रनको उपयोगी साझेदारी भयो। मल्ल २२ बलमा २९ रन बनाएर आउट भए । लगातार विकेट गुम्दै नेपाल १०० रनमा सात विकेट गुमाइसक्यो । कप्तान ऐरी २८ बलमा २७ रन बनाएर पेभिलियन फर्किए ।

नेपाललाई अन्तिम ओभरसम्म लोकेश बल्मेले समर्थन गरे । आठौँ नम्बरमा ब्याटिङ आएका उनले १६ बलमा २४ रन प्रहार गरे, जसमा अन्तिम तीन बलमा दुई छक्का र एक चौका समावेश थियो । रुपेश सिंहले २१ बलमा १६ रन जोड्दै नेपाललाई १३९ रनमा पुर्‍याए ।

नेपालले १४० रनको लक्ष्य राख्दा मेलबर्न रिनेगेट्स एकेडेमीसँग प्रतिस्पर्धी खेलको तयारी गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?