यी हुन् नाडा अटो शोमा राखिएका यामाहाका नयाँ भेरियन्टहरु

लोकपथ
385
Shares

काठमाडौं । यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्नो प्रमुख मोटरसाइकलहरूका लागि दुई नयाँ भेरियन्टहरू सार्वजनिक गर्दै सबैको ध्यान खिचेको छ ।

MT-15 V2 अब “ICE STORM” र “Vivid Violet Metallic” भेरियन्टहरू उपलब्ध छ भनेFZ-S V3 DLX “ICE FLUO VERMILLION” मा देख्न सकिन्छ । यो बहुप्रतीक्षित अनावरण भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर (स्टल नं. TW1) मा भएको थियो जुन यस मेलाको एक उत्साहजनक एवम् मुख्य आकर्षणको केन्द्र बन्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा यामाहाको इनोभेसन, पर्फर्मेन्स र स्टाइलप्रतिको निरन्तरको प्रतिबद्धताको संकेत स्वरूप एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडाका अध्यक्ष करण चौधरीको उपस्थिती रहेको थियो ।

“MT-15 V2 का ‘ICE STORM’ र ‘Vivid Violet Metallic’ भेरियन्टहरूले पहिलेदेखि नै स्ट्रीटफाइटरमा नयाँ आकर्षक व्यक्तित्व थपेका छन्, भने FZ-S V3 DLX को ‘ICE FLUO-VERMILLION’ भेरियन्टले यामाहाको प्रसिद्ध FZ सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ। यी नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिन्छन् ।

यामाहा ब्लु च्याम्बरका आगन्तुकहरूले यी नयाँ मोडेलहरू प्रत्यक्ष हेर्न पाउनुका साथै यामाहाका सम्पूर्ण मोटरसाइकल र स्कूटरको सिरिज अन्वेषण गर्दै विभिन्न अफरहरु समेत ग्रहण गर्न सक्ने कम्पनीले जनाएको छ ।

जसअनुसार ग्राहकहरुले छानेको मोडेलमा ७,००० रुपैयाँसम्मको छु, मोटोजीपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाइनेछ ।

यस नयाँ लन्चका बारेमा विष्णु कुमार अग्रवालले भन्नुभयो, “नाडा अटो शो यामाहाका अत्याधुनिक उत्पादनहरू नेपालका मोटरसाइकल प्रेमीहरूसम्म पुर्‍याउने उत्तम प्लेटफर्म हो। MT-15 V2 र FZ-S V3 DLX का यी नयाँ भेरियन्टहरूले हाम्रो शैली र प्रदर्शनप्रतिको लगाव र यामाहाले सधैं प्रबर्धन गर्ने स्वतन्त्रताको भावना झल्काउँछन्।”

एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र देशव्यापी नेटवर्कको साथ दुई/पाङ्ग्रे सवारीका क्षेत्रमा अग्रणी रहँदै आएको छ । दैनिक प्रयोगका लागि स्कुटरदेखि रोमाञ्च चाहनेहरूका लागि बनाइएका मोटरसाइकलहरूसम्म, अतुलनीय मूल्य र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्न यामाहा सधैं प्रतिबद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?