काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गरेको छ ।
जसअनुसार पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको निगमले जनाएको छ।
निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीको आधारमा शुक्रबार जारी विज्ञप्ति मार्फत जानकारी दिएको हो। विज्ञप्ति अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।
परिवर्तित नयाँ मूल्य आज राति १२ बजे यानेकी शनिबारबाट लागू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया