एकीकृत समाजवादीमा वामदेवलाई जिम्मेवारी : पाए तेस्रो वरियता

लोकपथ
2.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एकता राष्ट्रिय अभियानबाट आएका नेताहरुलाई जिम्मेवारी दिएको छ ।

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा सम्पन्न पार्टी सचिवालय बैठकले वामदेव गौतमसहितका नेताहरुको जिम्मेवारी तोकिएको हो ।

बैठकको निर्णय अनुसार गौतमलाई तेस्रो वरियताको जिम्मेवारी दिइएको हो ।

सम्पन्न सातौँ सचिवालय बैठकले नेता गौतमलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि वरियता तोकिएको हो ।

पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाअनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराएका छन् ।

राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरूलाई जिम्मेवारी दिईएको प्रमुख ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ।

त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई रहेका छन् ।

गौतम गत साउन २ गते आफ्नो अभियानलाई एकीकृत समाजवादीसँग समाहित गरेर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?