काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विद्यालय शिक्षा विधेयक पास गर्न ढिलाइ गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले शिक्षा विधेयक ढिलाइ हुनुको कारणबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले शिक्षक महासंघसँग सरकारले गरेको प्रतिवद्धताअनुसार विधेयक पास नहुनु सरकारकै कमजोरी भएको आरोप समेत लगाए । उनले खोक्रा कुरा गरेर सरकारको औचित्य पुष्टि नहुने उनको टिप्पणी छ । उनले सरकारले आफ्नो औचित्य पुष्टि गर्नको लागि सुशासनको प्रत्याभूतिदेखि जनता र राष्ट्रको हित हुने काम गर्नुपर्ने बताए ।
उनले सरकारको गैरजिम्मेवार व्यवहारका कारण कैलालीमा कैदिबन्दीबीच झडप भएको उल्लेख गर्दै कारागार सुधार कार्यविधि बनाउन सरकारको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया