काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत आत्मविश्वासलाई एकीकृत गर्दै राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आएको बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रिय आत्मविश्वासले मात्र देश निर्माण सम्भव हुने भन्दै हरेक नागरिकले आफ्नो क्षमता पहिचान गरी आफ्नो क्षेत्रमा उत्कृष्ट बन्नुपर्ने आवश्यकता औँल्याए ।
उनका अनुसार सबै मानिस हरेक क्षेत्रमा विज्ञ हुन नसके पनि आफ्नो दक्षता रहेको क्षेत्रमा योगदान दिन सके मात्र सम्मान पाउन र सम्भावना विकास गर्न सकिन्छ। ‘राम्रो खेलाडीलाई खेल्न दियो भने सम्मानित गर्न पाइन्छ, राम्रो शिक्षकलाई पढाउन दियो भने सम्मान गर्न पाइन्छ,’ओलीले भने, ‘शिक्षकलाई खेलमा र खेलाडीलाई शिक्षकमा लगेर हाल्दा सम्भावना नै समाप्त हुन्छ ।’
प्रधानमन्त्री ओलीले सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्र गतिमा सम्पन्नता हासिल गर्दै मानवीय गुणस्तरमा पनि अग्रस्थान लिने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया