काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा दुई सवारी साधन एकआपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज सोमबार बिहान एकआपसमा ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार मृत्यु हुने दुई पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी छ । घाइतेहरूको इनरुवा, विराटनगर न्युरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया