टप एण्ड टी–२० सिरिजमा नेपाली टोलीमा परिवर्तन : राजवंशीको ठाउँमा शाहवले खेल्ने

लोकपथ
3.5k
Shares

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी-२० सिरिजमा नेपालबाट ललित राजवंशीको ठाउँमा शाहव आलमले खेल्ने भएका छन् ।

क्रिकेटर ललित राजवंशीकी आमा आइतबार निधन भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई टोलीबाट बाहिर राखेर शाहव आलमलाई उनको ठाउँमा समावेश गरेको हो ।

नेपाल टिम अगस्ट १४ बाट सुरु हुने सिरिज खेल्न सोमबार अस्ट्रेलिया प्रस्थान गर्नेछ । प्रस्थान अघि क्यानले आज एक विशेष कार्यक्रम आयोजना गरी टोलीका खेलाडीहरूलाई बिदाइ गरेको छ, जसमा नयाँ खेलाडी शाहव आलम पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?