महाकाली नदीमा नुहाउँदै गर्दा दुई बालिका बेपत्ता 

लोकपथ
196
Shares

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीनजिक महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ की जीविका पन्त र सानबी पन्त छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार अन्दाजी ६/७ वर्षका उनीहरूको खोजी भइरहेको छ ।

नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका बेला उनीहरू बगेर बेपत्ता भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?