काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व गाईजात्रा परम्परागत रौनकका साथ मनाइएको छ ।

नेवार समुदायमा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराउने, मानिसलाई गाईको स्वरूपमा सिँगारी आफ्नो इलाकामा घुमाउने तथा दुध, फलफूल, रोटी, चिउरा, दहीसहित अन्न र द्रव्य दान गर्ने परम्परा रहिआएको छ । धार्मिक विश्वास अनुसार यसरी नगर परिक्रमा गर्दा दिवंगत आत्माले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्ने मान्यता छ ।

गाईजात्राको परम्परा राजा प्रताप मल्लको पालादेखि सुरु भएको ऐतिहासिक मान्यता छ । पुत्रशोकमा रहेकी रानीलाई संसारमा सबैले शोक भोग्नु परेको देखाउन उनले मृत आफन्तको नाममा गाईजात्रा निकाल्ने आदेश दिएका थिए । त्यसपछि हाँस्यव्यङ्ग्य र प्रहसनको परम्परा पनि सुरु भएको जनश्रुति छ ।

हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) हुँदै गाईजात्रा लैजाने परम्परा अहिले पनि कायम छ । उपत्यका बाहिरका शहरमा पनि गाईजात्रा मनाइए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनक देखिन्छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया