काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ ।
आज बिहान राष्ट्रपति निवास शीतल निवासमा सम्पन्न भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई आफ्नो हालै सम्पन्न तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।
साथै, दुवैबिच देशको राजनीतिक तथा कूटनीतिक विषयमा विचारविमर्श भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया