काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल आज आफ्नो तेस्रो र अन्तिम खेलमा उत्तर कोरियासँग भिड्दैछ। खेल दिउँसो पौने २ बजे चाङलिमिथाङ स्टेडियममा सुरु हुनेछ।
पूर्व यू-२० महिला विश्वकप र एसियन कप च्याम्पियन रहेको उत्तर कोरिया यस पटक पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। उसले अघिल्ला खेलमा साउदी अरेबियालाई १५-० र भुटानलाई १०-० को फराकिलो अन्तरले पराजित गरेको छ।
नेपालले भने पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेलेको थियो र दोस्रो खेलमा साउदी अरेबियामाथि १-० को जित निकाल्दै तीन अंक बटुलेको छ।
नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया