सरकार एक्लैले निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन सक्दैन : मन्त्री पौडेल

लोकपथ
854
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले एक्लैले निःशुल्क स्वास्थ्य र शिक्षा सेवा उपलब्ध गराउन नसक्ने स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा सामुदायिक सहभागिता अत्यन्तै आवश्यक रहेको बताए ।

मन्त्री पौडेलले भने, ‘सरकारले हाल शिक्षा र स्वास्थ्यमा गर्ने लगानी अत्यन्तै न्यून छ र थप लगानी गर्ने अवस्था पनि सहज छैन । त्यसैले योगदान दिन सक्ने सबै नागरिकलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा जोड्न आवश्यक छ ।’

उनले शहरी क्षेत्रमा नागरिकहरूले गुणस्तरीय सेवा पाउन सकिने भए पनि ग्रामीण क्षेत्रमा विद्यालय र स्वास्थ्य सेवाको पहुँच सीमित रहेको उल्लेख गर्दै त्यहाँ आफ्नै लगानीमा शिक्षालय र स्वास्थ्य संस्था खोल्नुपर्नेमा जोड दिए ।

पौडेलले यस्तो कामका लागि व्यवस्थित योजना बनाएर अघि बढाउनुपर्ने र सबै तहमा समन्वय तथा प्रयास बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान अपरिहार्य छ, यसलाई अझ प्रभावकारी बनाउन सबैले साझेदारी गर्नुपर्छ ।’

सरकार र नागरिकबिचको यो साझेदारीले शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर दुवैमा सुधार आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?