काठमाडौं । कैलाली कारागारमा भएको झडपमा एक कैदीको मृत्यु र दर्जनौँ घाइते भएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखलाई छलफलका लागि बोलाएका छन् ।
शनिबार गृहमन्त्री लेखकले सुरक्षा निकायका उच्च अधिकारीहरूलाई मन्त्रालयमा बोलाएर घटनाको अवस्थाबारे जानकारी लिएका छन् ।
शुक्रबार राति कारागारमा कैदीहरूबिच भएको झडपमा धनगढी–४ निवासी भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको र कारागारको सुरक्षा व्यवस्थामा कडाइ गर्न पहल भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया