काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन र जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवं रक्षाबन्धन ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट आज निर्धारित साइतअनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै उनका आफन्तजनले पनि रक्षाबन्धन ग्रहण गरेका थिए ।
यसै अवसरमा राष्ट्रपति पौडेलले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमा भनेका छन् कि नवयज्ञोपवित एवं रक्षाबन्धनको पर्वले नेपालीबिच आपसी सम्बन्ध र सद्भाव प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास राख्नु भएको छ ।
राष्ट्रपति पौडेलले जनै पूर्णिमा र ऋषितर्पणी पर्वको आफ्नै विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै, विविध जातजाति, भाषा, संस्कृति र परम्पराले भरिपूर्ण नेपालमा यस प्रकारका चाडपर्वहरूले मित्रता, प्रेम र सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकताको भावना सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
यस अवसरमा उनले सबै नेपालीमा एकता, सहकार्य र सद्भावको भावना बलियो बनोस् भनी शुभकामना दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया