काठमाडौं । आज जनैपूर्णिमाका अवसरमा काठमाडौं उपत्यकामा हिन्दु धर्मावलम्बीहरूले रक्षा बन्धन तथा जनैफेर्ने पर्व मनाएका छन् । विशेषगरी ब्राह्मण, क्षेत्री लगायतका तागाधारीहरूले हातमा रक्षा बन्धन बाँधेर र जनै फेरि पुण्य आर्जन गरेका छन् ।

शनिबार काठमाडौंका प्रमुख मन्दिरहरू जस्तै पशुपतिनाथमा भक्तजनहरूको भीड लागेको थियो । मन्दिर वरिपरि रक्षा बन्धन बाँध्न बसेका ब्राह्मणहरूले जनैफेर्ने र रक्षा बन्धन बाँध्ने कामसँगै दक्षिणा लिन व्यस्त देखिए ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया