कैलाली कारागारमा झडप, एक कैदीको मृत्यु, ४७ जना घाइते

लोकपथ
833
Shares

कैलाली । कैलाली जिल्ला कारागारमा पुनः झडप भएको छ । जसमा एक कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार धनगढी–४ का ४० वर्षीय भरत चौधरीको शुक्रबार राति ११ बजे भएको झडपमा गम्भीर चोट लागेर मृत्यु भएको हो । 

लागुऔषधि मुद्दामा थुनामा रहेका चौधरीलाई गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले  जनाएको छ ।  

डिएसपी सिंहका अनुसार घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार पनि सेती प्रादेशिक अस्पतालमै भइरहेको छ ।

यसअघि बिहीबार पनि सोही कारागारमा झडप भएको थियो, जसमा ५ जना घाइते भएका थिए । लगातार दुई दिनसम्म भएको घटनाले कारागारको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?