रवि लामिछानेको पक्षमा ३२ लाखभन्दा बढीले गरे हस्ताक्षर, ६२ लाख सहयोग संकलन

लोकपथ
266
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाखभन्दा बढी हस्ताक्षर संकलन भएको जनाएको छ  ।

पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार साउन २३ गतेसम्म देशभरबाट ३२ लाख ६ हजार ६०८ जना नागरिकले सभापति लामिछानेको समर्थनमा हस्ताक्षर गरेका छन् ।

लामिछानेमाथि भएको आरोप र अनुसन्धानलाई प्रतिशोधको रुपमा व्याख्या गर्दै रास्वपाले हाल समर्थन संकलन अभियान सञ्चालन गरिरहेको छ ।

प्रवक्ता झाले हालसम्म ६२ लाख १६ हजार ६६९ रुपैयाँ सहयोग समेत संकलन भइसकेको जानकारी दिए । उनले यो अभियानले आम जनताको लामिछानेप्रतिको समर्थन प्रस्ट पारेको दाबी गरे ।

रास्वपाले सभापति लामिछानेविरुद्ध भएको घटनालाई अस्वाभाविक र नियोजित आरोप भन्दै विरोध जनाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?