एएफसी यू–२० महिला एसियन कप छनोटमा साउदी अरेबियाविरुद्ध नेपालको जित

एसियन कपमा स्थान बनाउने सम्भावना कायमै

लोकपथ
910
Shares

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियाविरुद्ध १–० को कठिन जित निकालेको छ । निर्धारित समयको अन्तिम मिनेटमा शुक्रिया मियाले निर्णायक गोल गरेपछि नेपाल विजयी भएको हो ।

यो जितसँगै नेपालले आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यू–२० एसियन कपमा स्थान बनाउने सम्भावनालाई कायम राखेको छ ।

आज शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा सम्पन्न खेलको ९०औँ मिनेटमा नेपालकी शुक्रियाले निर्णायक गोल गरेकी हुन् । 

त्यसअघि ३६औँ मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा नेपालले अवसर खेर फालेको थियो । नेपालकी फरवार्ड मिना देउवाले प्रहार गरेको पेनाल्टी पोस्टको बायाँ पोलमा लागेर फर्किएको थियो । 

यसअघि पहिलो खेलमा पनि नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो । नेपालले अब आइतबार उत्तर कोरियासँग खेल्ने तालिका छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?