काठमाडौं । भारतस्थित नेपाली दूतावासले छिमेकी देश भारतको उत्तारखण्डमा केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी हालसम्म ५ नेपाली हराइरहेको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै १७ जना नेपाली हराइरहेको बताए पनि दूतावासले विज्ञप्ति नै जारी गरेर हालसम्म ५ नेपाली बेपत्ता रहेको जनाएको हो । साथै घाइते भएका ४ नेपालीमध्ये ३ जना उपचारपश्चात नेपाल फर्किएको र एक नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
यता विभिन्न सञ्चारमाध्यममा विभिन्न स्रोतहरुबाट दुई दर्जन नेपालीहरु हराइरहेको बताइएको छ ।
यता दूतावासले विज्ञप्ति जारी गर्दै भनको छ, ‘उत्तराखण्ड प्रदेश पौडी गढवाल जिल्लाको बागोडामा ६ अगष्टमा भएको बाढी पहिरोपश्चात ५ जना नेपालीहरु हराइरहेका छन् । घाइते भएका ४ नेपालीहरुमध्ये उपचारपछि ३ जना घर फर्केको र १ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ ।’
त्यस्तै बाढीपहिरोपछि हराइरहेका नेपालीहरुको उद्धार, राहत र उपचारका लागि नेपालको तर्फबाट भारततर्फ पहल भइरहेको दूतावासले जनाएको छ ।
त्यस्तै हालसम्म सो क्षेत्रबाट ३७२ जनाको सकुशल उद्धार गरिएको र २ जनाको शव प्राप्त भएको छ । जीवित उद्धार गरिएको तथा मृतकको सूचीमा कुनै पनि नेपाली नरहेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया