काठमाडौं । छिमेकी देश भारतको उत्तराखण्डमा अविरल वर्षापछि आएको बाढीमा परी बेपत्ता हुने नेपालीको संख्या २४ पुगेको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण त्यहाँ धेरै भारतीय नागरिकसहित नेपालीहरु समेत बेपत्ता भएका हुन् ।
परराष्ट्र मन्त्रालयले हराएका नेपालीहरुको खोजी र उद्धारका लागि कुटनीतिक पहल गरेको जनाएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकारले उनीहरुको खोजी र उद्धारका लागि पहल सुरु गरिसकेको बताएकी छन् । साथै आफूले भारतस्थित नेपाली दूतावासमा सम्पर्क गरी हराएका नेपालीहरुको खोजी र उद्धारका लागि पहल गर्न निर्देशन दिइसकेको बताइन् ।
‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ । उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूताबासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु,’ उनले भनेकी छन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ताहरुको खोजीका लागि आफूहरुले कुटनीतिक पहल गरिसकेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया