कण्डम र ब्रा भित्र लुकाएर कोकिन तस्करी, विमानस्थलबाट विदेशी महिला पक्राउ

लोकपथ
4.8k
Shares

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले झण्डै दुई केजी अवैध लागुऔषध कोकिनसहित एक विदेशी महिलालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाबाट खटिएको टोलीले २१ वर्षीय ब्राजिलियन महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईमिलि मिकाले सान्तोष फराइरा रहेकी छन् ।

उनी बुधबार ब्राजिलबाट दोहा हुँदै नेपाल प्रवेश गरेकी थिइन् । सो क्रममा उनको गतिविधि शंकास्पद लागेकाले प्रहरीले टोलीले ब्रा भित्र लुकाइराखेको १ केजी ९ सय ५० ग्राम तरल अवस्थामा रहेको कोकिन बरामद गरेको हो ।

ब्यूरोका सहप्रवक्ता डीएसपी जीवन निरौलाका अनुसार ती महिलाले १० वटा कण्डमभित्र तरल अवस्थामा कोकिन लुकाएर ल्याएकी थिइन् ।

उनीविरुद्ध लागुऔषध (नियन्त्रणा) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?