नयाँ संसद् भवनको काम समयमै सम्पन्न गर्न निर्देशन दिइसकेको छु : कार्यवाहक प्रधानमन्त्री सिंह

लोकपथ
196
Shares

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यतालिकाअनुसार कार्य प्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेका बताएका छन् । 

शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार रहेको बताए । तर सरकारले विगतका कमी,कमजोरीहरुलाई नियालेर सरकार गम्भीर बनेको बताए । उनले काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियरदेखि महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?