काठमाडौं । भारतको उत्तराखण्डमा गएको भीषण बाढीपहिरोमा परेर नेपालको विभिन्न जिल्लाका मानिसहरू बेपत्ता भएका खबर आइरहेका छन् । जाजरकोट, बाँके, जुम्ला र रुकुमका गरी १८ जना बेपत्ता भएको खबर आइरहेका बेला धादिङका पनि चार जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।
धादिङको ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चार जना उत्तराखण्डको बाढीमा बेपत्ता भएको जानकारी परिवारका सदस्यहरूले गराएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । ‘परिवारका सदस्यले जानकारी गराएपछि हामीले विभिन्न ढंगले बेपत्ताहरूको खोजी सुरु गरेका छौँ,’ प्रजिअ घिमिरेले भने, ‘बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ छन् ।
योसँगै उत्तराखण्डमा गएको भीषण बाढीपहिरोमा परेर बेपत्ता हुन नेपालीको संख्या २२ पुगेको छ । उनीहरू उत्तराखण्डका विभिन्न स्थानमा मजदुरी गर्दै आएका थिए ।
साउन २० गते उत्तराखण्डको धराली बजारमा आएको बाढीले त्यस क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया