काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले निर्माणाधीन नयाँ संसद भवन तोकिएको समय पुस १६ भित्रै सकिन्छ भन्नेमा सरकार विश्वस्त छ कि छैन भन्ने प्रश्न उठाएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले सधैं म्याद थप्ने तर काम समयमा नसकिने प्रवृत्ति दोहोरिएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले भने,‘हामीले म्याद थप्ने मात्रै हो कि कसेर काम गराउने भन्ने कुरामा सोच्नुपर्छ। अब थपिएको म्यादभित्र पक्का काम हुन्छ भन्नेमा सरकार विश्वस्त छ ?’
बडूले अब अनावश्यक म्याद थप्ने होइन, निर्माण कम्पनीलाई दबाब दिएर तोकिएको समयमै काम सक्न लगाउनु जरुरी रहेको बताए । उनले संसद भवन निर्माणमा ढिलाइ गर्नेलाई पेनाल्टी (जरिवाना) लगाएर अगाडि बढ्नुपर्ने धारणा पनि राखे ।
‘काम नसकिने बहानामा म्याद थप्ने होइन, अब जिम्मेवारीका साथ अघि बढ्नुपर्छ, ‘उनले भने । ‘हामी अनुगमनमा पनि गएका थियौँ, काम छिटो सकियोस् भन्ने चाहना हाम्रो पनि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया