काठमाडौं । भारतबाट ब्राउनसुगर लिएर नेपाल प्रवेश गरेका दुई जना भारतीय नागरिक विराटनगरमा पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले उनीहरूलाई बिहीबार विराटनगर महानगरपालिका–१५ स्थित रानीको जानकी मन्दिर अगाडिबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिहरू भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाका हुन् । पक्राउ पर्नेमा फारबिसगञ्ज थाना अन्तर्गत रामपुर पञ्चायत–२ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही क्षेत्रको पञ्चायत–१० का ३५ वर्षीय सरफराज रहेका छन् । दुवैजनाले ब्राउनसुगर नेपालमा ल्याई वितरण गर्ने उद्देश्यले आएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।
शंकास्पद गतिविधि देखिएपछि सुराकीका आधारमा प्रहरीले उनीहरूलाई रोकी खानतलासी गर्दा मो सिकंदर बाखतको साथबाट सेतो प्लास्टिकमा राखिएको अवस्थामा ब्राउनसुगर फेला परेको हो। बरामद गरिएको ब्राउनसुगरको तौल प्लास्टिकसहित १५० ग्राम र नखुलेको अवस्थामा १४१ ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा दुवैले भारतबाट लागुऔषध नेपाल ल्याउने र बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको स्वीकार गरेका छन्। हाल दुवैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया