काठमाडौं । फिफा वरीयतामा नेपालको महिला टोलीले छलाङ मारेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७ औँ स्थानमा छ । यसअघि १ सय स्थानमा रहेको थियो ।
नेपालको महिला टोली कुल १२४८.८९ अंक प्राप्त गर्दै १३ स्थान माथि उक्लेको हो ।
एएफसी छनोटमा नेपालले लाओसलाई ९–०, दोस्रो खेलमा श्रीलंकालाई ८–० ले हराएको थियो भने समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग ३–३ को बराबरी गरेको थियो । टाई ब्रेकरमा ४–२ ले पराजित हुन पुगेको थियो ।
यसैगरी भारत सात स्थान सुधार गर्दै ६३ स्थानमा उक्लेको छ । बंगलादेश २४ स्थान सुधार गर्दै १ सय ४ स्थानमा उक्लेको छ । पाकिस्तान ३ स्थान सुधार गर्दै १ सय ५४ मा उक्लेको छ । श्रीलंका भने दुई स्थान तल झर्दै १ सय ६१ औँ स्थानमा पुगेको छ । भुटान ८ स्थान सुधार गर्दै १ सय ६३ स्थानमा उक्लेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया